शेखर काेइरालालाई गगनको सुझाव: ४० प्रतिशतको भाग खोज्ने होइन, जिम्मेवारी बोक्नुहोस्

शेखर काेइरालालाई गगनको सुझाव: ४० प्रतिशतको भाग खोज्ने होइन, जिम्मेवारी बोक्नुहोस्

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २९, २०७८

नेपाली कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिएका छन् । 

सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर देउवासँग भाग नखोजेर भागबण्डाको राजनीति तोडेर मतदाताको जिम्मेवारी बोकेर काम गर्न सुझाव दिए । 

नवनिर्वाचित सभापति देउवाले गुट त्यागेर काम गर्नुपर्ने भन्दै उनले सभापति गुटको नेता बन्न नहुने बताए । 

बुधबार आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकाहरू अन्ततः पुरानै नेतालाई समर्थन गर्ने विषयमा भने प्रश्न गरिरहने बताए ।