श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ३-० को अग्रता

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ३-० को अग्रता

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २९, २०७८

फरवार्ड रश्मिकुमारी घिसिङ, सविता राना मगर र कुसुम खतिवडाको गोलमा यू- १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ३-० को अग्रता बनाएको छ ।

ढाकामा जारी खेलमा पहिलो हाफको सुरुवाती १० मिनेटभित्र २ गोल गर्दै नेपालले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको हो । नेपालले श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखे पनि अन्यले गोल भने गर्न सकेनन् ।

फरवार्ड कुसुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दीपा शाहीलाई बाहिर राखेका हुन् ।

श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोल रक्षक अन्जना राना मगरले समाल्नेछन् । यस्तै, डिफेन्समा सलोनी राना मगर, सविना चौधरी, रोजिना श्रेष्ठ र मन्जुकुमारी खड्का र मेनुकाकुमारी आले मगरले निरन्तरता पाएका छन् ।

मिडफिल्डरमा प्रीति राई, सविता राना मगर, रश्मिकुमारी घिसिङले स्थान बनाउँदा फरवार्डमा रजनी थोकरसँगै कुसुमले मौका पाएकी छन् । अघिल्लो खेलमा भुटानविरुद्ध कुसमले ४८ मिनेटपछि मात्र मौका पाउँदा सविना भने बेन्चमै थिइन् ।

आज श्रीलंकाविरुद्ध नेपाल पहिलो जीतको खोजीमा रहनेछ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपाली टोली

गोल रक्षक: अन्जना रानामगर ‘कप्तान’

डिफेन्डर: सविना चौधरी, सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जुकुमारी खड्का

मिडफिल्डर: मेनुकाकुमारी आले मगर, प्रीति राई, रश्मिकुमारी घिसिङ र सविता राना मगर

फरवार्ड: रजनी थोकर र कुसुम खतिवडा