कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै

कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १, २०७८

नेपाली कांग्रेसको २ महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मत गणनामा गगनकुमार थापाले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ७० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ३४ मत ल्याएर पछ्याएका छन् । 

यसैगरी डा. प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, डा. मीनेन्द्र रिजालले २१ मत ल्याउँदा डा. राजाराम कार्कीले शून्य मत पाएका छन् ।

केही समयअघिदेखि मतगणना सुरु भएको हो ।