कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकको लाभांश घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २, २०७८

कृषि विकास बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५ नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ । गत वर्ष बैंकले १५.७९ प्रतिशत (करसहित) लाभांश वितरण गरेको थियो ।