ओलीको गृहजिल्लामा खरेललाई इन्चार्ज

ओलीको गृहजिल्लामा खरेललाई इन्चार्ज

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २, २०७८

नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेललाई ओलीले आफ्नो गृहजिल्लाको जिम्मेवारी सुम्पेका हुन् ।

ओली गृहजिल्लामा ३ जना महिला केन्द्रीय सदस्य सहइन्चार्ज बनेका छन् । गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले सहइन्चार्जको जिम्मेवारी पाएका हुन् ।

झापाको सहइन्चार्जमा रोमनाथ ओली र हरिबहादुर राजवंशी पनि समेटिएका छन् ।