गायिका कोमल वलीलाई दाङ सहइन्चार्जको जिम्मेवारी

गायिका कोमल वलीलाई दाङ सहइन्चार्जको जिम्मेवारी

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २, २०७८

नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिएको छ । १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले वलीलाई सहइन्चार्ज तोकेको हो ।  

दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन् । अन्य सहइन्चार्जमा गंगा सत्गौवा, मेनका पोखरेल, घनश्याम पाण्डे र सीता न्यौपाने छन् । उनीहरू सबै केन्द्रीय सदस्य हुन् ।