१३ प्रतिबद्धतासहित ललितपुर प्याब्सन अध्यक्षमा निरोज महर्जनले गरे उम्मेदवारी घोषणा

१३ प्रतिबद्धतासहित ललितपुर प्याब्सन अध्यक्षमा निरोज महर्जनले गरे उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष २, २०७८

काठमाडौँ ।निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को  ललितपुरको अध्यक्षमा विगत १५ वर्ष देखि सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका महर्जन उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

यही पुस ३ गते  सम्पन्न हुने अधिवेशनमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो  । उम्मेदवारी  घोषणा गर्दै  निजी लगानीबाट सञ्चालन गरिएका साना, मझौला र ठुला विद्यालयहरूको विविधतामा एकता नै प्याब्सनको विशेषता हो । प्याब्सनमाथि आइपर्ने समस्या, कठिनाइ र चुनौतीको सामनामा समेत सामूहिक सहभागिता र प्रतिबद्धताले रहँदै आएको छ । हाम्रो पेसागत, हक, हित, स्वामित्व र लगानीको सुरक्षा, स्थायित्वका लागि हरेक हिसाबबाट मजबुत बनाउन जरुरी  रहेको बताउनु भएको छ  ।

विगत १५ वर्ष देखि प्याब्सनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका प्याब्सनिस्ट निरोज महर्जनलाई ललितपुर प्याब्सनलाई गतिशील बनाउने प्रतिबद्धता जनाउनु भएको छ । निरोज महर्जन  दुई कार्यकाल सचिवको भूमिकामा रहेर काम गरी सक्नु भएको छ । 

१५औँ अधिवेशनमा अध्यक्षको उम्मेदवार महर्जनको यस्ता छन् एजेन्डा 

प्याब्सनको प्रतिनिधित्व राज्यको सबै निकायमा गर्ने ।
स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्ने ।
निजी शिक्षा ऐन 
स्पष्ट लेखा परीक्षण
प्याब्सनको महत्त्वको बारेमा व्यापक कार्यशाला गर्ने
क्षमता विकास 
सामाजिक उत्तरदायित्व
सामाजिक सुरक्षा कोष
पिपिपि मोडेल : निजी तथा सामुदायिकबीच सहकार्य गर्ने 
भौचर प्रणाली 
स्थानीय सम्बन्धन
शैक्षिक गन्तव्य
विपद् व्यवस्थापन