शहीद स्मारक ए डिभिजन लिग: शेर्पालाई बीबीसीको चुनौती

शहीद स्मारक ए डिभिजन लिग: शेर्पालाई बीबीसीको चुनौती

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ४, २०७८

सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एउटा मात्र खेल हुँदै छ । पाँचौँ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना गर्न लागेको हो । 

शीर्ष डिभिजनको लिगमा  शेर्पा पहिलो जीतको खोजीमा छ । २ जीत निकालेकाे र २ बराबर गरेको शेर्पा अन्तिमबाट दोस्रो स्थानमा छ । यता, ब्रिगेड भने दोस्रो जीत निकाल्ने दाउमा छ । एक जीत, एक हार र २ बराबरसहित ५ अंक बनाएर आठौँ स्थानमा छ । 

जारी लिगमा शेर्पाले सोचेअनुरूप प्रदर्शन गर्न सकेको छैन । यता, युवा खेलाडीको साथमा भने बीबीसीले  सामान्य प्रदर्शन गरिरहेको छ ।