यू-१९ महिला साफ च्याम्पियनसिप: भारतलाई रोके नेपाल फाइनलमा

यू-१९ महिला साफ च्याम्पियनसिप: भारतलाई रोके नेपाल फाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ४, २०७८

सिंगल राउण्ड रोबिनको आधारमा जारी यू- १९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दै छ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो । 

बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसाे ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ ।  नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । जीत हासिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्नेछैन । 

आइताबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दै छन् । यस खेलबाट अर्काे फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ । 

प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलादशको समान ७ अंक रहेको छ । यता, भारतको भने ६ अंक छ ।