म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष ४, २०७८

गीतकार राजेन्द्र थापालाई नवौँ म्युजिक खबर म्युजिक अवार्ड, २०२१ मा ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको कार्यक्रममा ‘पोहोर साल खुसी फाट्दा...’, ‘पर लैजाऊ फूलहरू...’, ‘क्या दामी...’, ‘याद गर्न पनि...’, ‘गाला रातै...’, ‘पहिलो नम्बर...’लगायतका गीतका रचनाकार थापालाई दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो ।

आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान’, पत्रकार विदुर गिरीलाई ‘म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार’, गायक हेमन्त शर्मा र गायिका सीता थापालाई ‘म्युजिक खबर दशकको स्रष्टा सम्मान’ प्रदान गर्ने भएको छ ।

यसैगरी गायक राजु ढकाललाई ‘युवा प्रतिभा संगीत सम्मान’, गायिका सफलता श्रेष्ठलाई ‘बाल प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरिने आयोजकले जनाएका छन् । पुरस्कार र सम्मान निकट भविष्यमै काठमाडौंमा आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।