१६ सय मत गन्दा आरजु देउवा तेस्रो स्थानमा, डिला संग्रौला अगाडि

१६ सय मत गन्दा आरजु देउवा तेस्रो स्थानमा, डिला संग्रौला अगाडि

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ५, २०७८

नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातीदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्र पुनः गन्न थालिएको हो ।

खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला छन् । एक हजार ६०० मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा तेस्रो नम्बरमा छन् ।

भुसालले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजूले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौँ स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैटौँ स्थानमा रहेकी सरिता प्रसाईंले ७६८ मत पाएका छन् ।