एमसीसी: सैन्य गठबन्धनमा समोवश गर्ने कुरा अस्वीकार्य

एमसीसी: सैन्य गठबन्धनमा समोवश गर्ने कुरा अस्वीकार्य

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ५, २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् । 

काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताए । 

एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरूसँग असर पर्ने नहोस्’, उनले भने । 

एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउने प्रयास भइरहेको जानकारी दिएका उनले एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरूले ३ जना नेतालाई जिम्मेवारी दिएको बताए ।