नेकपा (एस)का सदस्यले अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने

नेकपा (एस)का सदस्यले अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ५, २०७८

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जिल्ला कमिटी सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने नियम बनाएको छ ।

नेकपा (एस)को केन्द्रीय कार्यालयको निर्देशनअनुसार काठमाडौं जिल्ला कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण पनि बुझाउनुपर्ने नियम बनाउन लागेको हो ।

चल, अचल सम्पत्तिदेखि बैंकमा रहेको रकम तथा शेयरदेखि सुन-चाँदीका विवरण भरेपछि मात्र साधारण सदस्यता दिइने गरी अध्यक्ष कुसुुमकुमार कार्कीले प्रस्ताव पेस गरेका छन् ।

‘प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३५ दिनभित्र जिल्ला कमिटीका सदस्यहरूले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ’, कार्कीको प्रस्ताव उल्लेख छ, ‘यस आर्थिक वर्षका लागि माघ मसान्तभित्र सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।’