खुला महिलातर्फ आरजू राणा डेढ सय मतले पछाडि

खुला महिलातर्फ आरजू राणा डेढ सय मतले पछाडि

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ५, २०७८

नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजू राणा देउवा डेढ सय मतले पछाडि परेकी छन् ।

९ जना खुला महिला केन्द्रीय सदस्यको जारी मत गणनामा पहिलो स्थानबाट आरजू १५२ मतले पछाडि छन् । हाल तेस्रो स्थानमा रहेकी आरजूले मतान्तर घटाउँदै लगेकी छन् ।

दिउँसो साढे ३ बजेसम्म २ हजार ६५ मत गनिसक्दा आरजूले एक हजार ११६ मत पाएकी छन् । उनीभन्दा डेढ सय मतले अगाडि डा. डिला संग्रौला एक हजार २६८ मतसहित पहिलो स्थानमा छन् ।

डिलाभन्दा ७२ मतले पछाडि पुष्पा भुसाल एक हजार १९६ मतसहित दोस्रो स्थानमा छन् ।

चौथो स्थानमा रहेकी अम्बिका बस्नेतको ९९८ मत रहेको छ । ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौँ स्थानमा रहेकी छन् । छैटौँ स्थानमा रहेकी सरिता प्रसाईंले ९४९ मत पाएकी छन् । सातौँ स्थानमा रमा कोइरालाले ८१३, आठौँमा रहेकी सुशीला ढकालले ७९४, नवौँ स्थानमा रहेकी रंगमती शाहीले ७८० र दशौँ स्थानमा रहेकी अनिता देवकोटाले ७७४ मत पाएकी छन् ।  

खुलातर्फको महिला केन्द्रीय सदस्यको मत गणना आइतबार रातीदेखि सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्र पुनः गणना भइरहेको छ ।