नेकपा (एस)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने

नेकपा (एस)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ५, २०७८

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार रुपैयाँ पाउने भएका छन् ।

काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौंभित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो ।

‘जिल्ला कमिटीका सदस्यहरूमध्येबाट प्रत्येक क्षेत्रमा २ जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जबापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालीन सदस्य चयन गरिनेछ’, कार्कीले भने । 

सदस्यता वितरण, संगठन निर्माण र परिचालन सम्बन्धका बारेमा उल्लेख गर्दै २ पुसमा टोली निर्माण र ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालीन सदस्य मान्दै मासिक २ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेका हुन् ।