एमाले अध्यक्ष ओली कपिलवस्तुमा, ३ हजार जनालाई पार्टी प्रवेश गराउने !

एमाले अध्यक्ष ओली कपिलवस्तुमा, ३ हजार जनालाई पार्टी प्रवेश गराउने !
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ६, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै छन् ।

सोमबार साँझ रूपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगंजमा आयोजना हुने एमालेकाे सभालाई सम्बाेधन गर्ने भएका हुन् ।

ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्युरो सदस्य लीला गिरीले जानकारी दिए । अध्यक्ष ओली सोमबार साँझ रूपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेका थिए ।

कपिलवस्तुको कार्यक्रमलाई सम्बाेधन गरेपछि उनी काठमाडौं फर्किने बताइएको छ । कपिलवस्तुका राजनीतिक अगुवा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ३ हजार जनाभन्दा बढी एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको गिरीले बताए । विभिन्न पार्टीका कार्यकर्ताले एमाले प्रवेश गर्ने भनेर नाम टिपाइरहेको पनि उनले बताए ।