अर्बपति विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा जीतको नजिक

अर्बपति विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा जीतको नजिक

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ६, २०७८

नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका अर्बपति उद्योगपति विनोद चौधरी जीत नजिक पुगेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा चौधरीले ४ हजार ३०४ मत गन्दा २ हजार २३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला मधेसीतर्फ ५ पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिका अनुसार ४ हजार ६६५ मत खसेकामा अब बाँकी ३६१ मतको गणना भइरहेको छ । ४ हजार ३०४ को परिणाममा विनोद चौधरीले दोस्रो स्थानमा रहँदै जीत सुनिश्चित गरेका हुन् ।

पहिलो स्थानमा २ हजार ३३० मतसहित अजय चौरसियाले अग्रता लिएका छन् । तेस्रो स्थानमा चन्द्रमोहन यादवले एक हजार ९६९ मत पाएका छन् । चौथो स्थानमा रहेका महेन्द्रकुमार रायले एक हजार ८३२ र पाँचौँ स्थानमा दिनेशकुमार यादवले एक हजार ८०९ मत पाएका छन् । छैठौँ स्थानमा रहेका सुभाषचन्द्र यादवले एक हजार ७४६ मतसहित अन्तिम ५ लाई पछ्याइरहेका छन् ।