कांग्रेस खुला मधेसीतर्फ विनोद चौधरीसहित ५ जना निर्वाचित, चौरसियाले पाए सर्वाधिक मत

कांग्रेस खुला मधेसीतर्फ विनोद चौधरीसहित ५ जना निर्वाचित, चौरसियाले पाए सर्वाधिक मत

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ६, २०७८

मंगलबार दिउँसो सम्पन्न नेपाली कांग्रेस १४औँ महाधिवेशनको मत गणनामा २ हजार ५२२ मतसहित पार्टीको तराई-मधेस समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् । ४ हजार ६६७ मत खसेकामा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका समानुपातिक सांसद चौधरीले २ हजार २०६ मत प्राप्त गरेका छन् ।

तेस्रोमा चन्द्रमोहन यादवले २ हजार १३८, महेन्द्रकुमार यादवले एक हजार ९८४ र पाँचौँमा दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरेका छन् ।  

खुला मधेसीतर्फ ५ जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए ।