प्रतिनिधिसभाको बुधबार बैठक, ४ वटा अध्यादेश पेस गरिने संभावित कार्यसूची

प्रतिनिधिसभाको बुधबार बैठक, ४ वटा अध्यादेश पेस गरिने संभावित कार्यसूची

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ६, २०७८

प्रतिनिधिसभाको बुधबारको बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ, जसमा ४ वटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै, उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने संभावित कार्यसूचीमा समावेश छ । 

एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालू १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका २ वटा अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो । 

तेस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । सो बैठकमा ४ वटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने मंगलबार सार्वजनिक संभावित कार्यसूचीमा उल्लेख छ । 

संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबारको बैठकको संभावित कार्यसूची यस्तो छ ।

१. राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने ।

२.  प्रेम सुवालले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।  

३. गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।  

४. प्रेम सुवालले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नुहुने । 

५. गृहमन्त्री बालकृष्ण खाणले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।  

६. प्रेम सुवालले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।  

७. गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।  

८. प्रेम सुवालले ‘रेलवे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।  

९. भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले ‘रेलवे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।