नेप्सेमा आज ४ वटा कम्पनीको शेयर मूल्य समायोजन

नेप्सेमा आज ४ वटा कम्पनीको शेयर मूल्य समायोजन

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ७, २०७८

नेपाल स्टक एक्स्चेन्ज ( नेप्से)मा ४ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२.५० प्रतिशत, नेपाल एसबीआई बैंकको ३.५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । 

यी ४ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको शेयर मूल्य समायोजनपछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट १२.५ प्रतिशत बोनस शेयर र करसहित ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्दै छ । 

नेपाल एसबीआई बैंकको बोनस शेयर समायोजनपछिको भाउ ३४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५० प्रतिशत बोनस शेयर र १.८१ पतिशत नगद लाभांश वितरण गर्दै छ । 

छिमेक लघुवित्तको समायोजनपछिको भाउ नेप्सेले एक हजार २४० रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ । गत आर्थिक वर्षको नाफाबाट संस्थाले २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्दै छ । 

गणपति लघुवित्तको समायोजनपछिको भाउ एक हजार १७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।