१३ बुँदे कर्णाली प्रदेश स्तरीय साहित्यिक घोषणापत्र जारी

१३ बुँदे कर्णाली प्रदेश स्तरीय साहित्यिक घोषणापत्र जारी

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख ३०, २०७६

 सुर्खेत ।  नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सुर्खेती कल्याण समाजसँगको सहकार्यमा कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी आयोजना सम्पन्न भएको छ ।  

उक्त सङ्गोष्ठीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको थियो । २०७६ वैशाख २७ र २८ गते सम्पन्न भएको वाङ्मय सङ्गोष्ठी उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले प्रदेशको भाषा, साहित्य, संस्कृति र कलाको विकासलाई प्राथमिकतामा राखेको जानकारी गराउनु भएको थियो । 

आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाले नेपाली भाषाको मूल थलोका रूपमा रहेको कर्णाली प्रदेश नेपालको अद्वितीय विशेषताले युक्त भएकाले यसलाई पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन सकिने धारणा राख्नु भएको थियो । 

सामाजिक विकास मन्त्री दल रावलले प्राचीन सभ्यता र संस्कृतिको खोजी गर्नेलाई कर्णाली प्रदेशमा पाइला राख्न अनुरोध  गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले कर्णाली प्रदेशको सांस्कृतिक उत्थानका निम्ति विशेष योजना ल्याउने वचनबद्धता प्रकट गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा.हेमनाथ पौडेल, निबन्ध र समालोचना विभाग प्रमुख प्रा.डा. गोपिन्द्र पौडेल, बालसाहित्य र लोकवार्ता विभाग प्रमुख डा. देवी नेपाल,  वीरेन्द्र नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल, भाषा आयोगकी सदस्य उषा हमाल, कर्णाली वाङ्मय सङ्गोष्ठीकी अध्यक्ष सीता यरीलगायतले गोष्ठीमा मन्तव्य राख्नुभएको थियो ।

सुर्खेती कल्याण समाजका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले कर्णाली प्रदेशको भाषा, साहित्य तथा संस्कृतिको समृद्धिका निमित्त सङ्गोष्ठी आयोजना गरिएको बताउनुभयो । 

सङ्गोष्ठीमा प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.गिरी, प्रा.जगत्प्रसाद उपाध्याय, विष्णुप्रसाद पराजुली र डा.दीपक गौतमले कर्णाली प्रदेशका साहित्य, धर्म–दर्शन र लोकवार्ताबारे गोष्ठीपत्रहरु प्रस्तुत गर्नुभएको थियो । गोष्ठीपत्रमाथि प्रा.डा. मोतीलाल पराजुली, प्रा.डा.कपिलदेव लामिछाने, प्राज्ञ हरिप्रसाद तिमिल्सिना, प्रा.खोपीराम लम्साल, र डा.मधुसूदन गिरीले टिप्पणी गर्नुभएको थियो ।

कर्णाली प्रदेश साहित्यिक घोषणापत्र २०७६ जारी

दुई दिनसम्म चलेको ‘कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी’बाट १३ बुँदे कर्णाली प्रदेश साहित्यिक घोषणापत्र समेत जारी गरेको छ । पारित घोषणा पत्रमा निम्न कुरा उल्लेख छ ।