बंगलादेश जाने कराते टोलीकाे बिदाइ

बंगलादेश जाने कराते टोलीकाे बिदाइ

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ७, २०७८

बंगलादेशमा आयोजना हुने बी-जी कराते च्याम्पियनसिप, २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका छन् । 

बिदाइ कार्यक्रममा राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको पनि उपस्थिति थियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बसप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्नेछ । 

बंगलादेश जाने टोलीमा रामकुमार श्रेष्ठ टिम व्यवस्थापकमा छन् । यस्तै, प्रशिक्षकमा श्याम रोका, खेलाडीहरूमा राजदेव बमजन (६५ किलो), धेजेन डोल्मा तामाङ (४५ किलो), ग्याल्मो सोमिका लामा (३५ किलो), युरोदिश रोका (६० किलो), पासाङ तामाङ (७० किलो), रवीन्द्र कुँवर (खुला) तथा उमेश भण्डारी (५५ किलो) रहेका छन् । 

यस्तै, निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठ छन् ।

मुजिबको सयौँ जन्मोत्सवको उपलक्ष्यमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बरसम्म हुनेछ ।

टोलीलाई बिदाइ गर्दै उपाध्यक्ष कोइरालाले खेलाडीले खेल्ने मात्र नभई नेतृत्व विकास पनि गर्नुपर्ने र राष्ट्रको इज्जतलाई उच्च राखेर उपाधि जितेर आउन शुभकामनासहित बिदाइ गरे ।