चार्ल्स शोभराजलाई थुना राखेको बारे सर्वाेच्चको कारण देखाऊ आदेश

चार्ल्स शोभराजलाई थुना राखेको बारे सर्वाेच्चको कारण देखाऊ आदेश

लोकसंवाद संवाददाता  |  अपराध  |  पुष ८, २०७८

सर्वाेच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो ।

उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ ।

'सिरियल किलर'को उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।