शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ८, २०७८

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.५३ अंकले बढेर २ हजार ५२०.२३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

बिहीबार ४ अर्ब ४९ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्टिलरी रहेको  छ । यस कम्पनीको ३६ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

बिहीबार कारोबारमा आएका सबै समूहका सूचकमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्सबाहेक सबै समूहको सूचक हरियाे देखिएका छन् । नेप्सेका अनुसार बिहीबार शिखर इन्स्योरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६८८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बरुण हाइड्रोपावरको शेयर मूल्य पनि ९.३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.७ प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार ४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । गोर्खाज फाइनान्सको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ । आज यसको शेयर मूल्य ६.७४ प्रतिशतभन्दा बढीले घटेको छ ।