लगातार दोस्रो जितको खोजिमा नेपाली राष्ट्रिय महिला भलिबल टोली

लगातार दोस्रो जितको खोजिमा नेपाली राष्ट्रिय महिला भलिबल टोली

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ९, २०७८

काठमाडौं ।  नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित निकाल्ने दाउ सहित एसियन सेन्ट्रल जोनमा शुक्रबार माल्दिभ्सविरुद्ध कोर्टमा उत्रिदै छ । 

बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो । 

श्रीलंकाविरुद्ध जित निकाले पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएका प्रशिक्षक जगदिश  भट्टले माल्दिभ्सविरुद्व टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्  ।

नेपाल र माल्दिभ्सको खेल दिउँसो ११:१५ मा हुनेछ ।

शुक्रबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । खेल साँझ ५:४५ मा हुनेछ । 

प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । 

राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।