एलआईसी नेपालले गर्‍याे २१.०५ प्रतिशत लाभांश प्रस्ताव

एलआईसी नेपालले गर्‍याे २१.०५ प्रतिशत लाभांश प्रस्ताव

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ९, २०७८

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को संचित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ८ पुसमा बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को संचित नाफाबाट चुक्ता पुँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् ।