यू- १९ एसिया कप : नेपाललाई बंगलादेशको बलियो लक्ष्य

यू- १९ एसिया कप : नेपाललाई बंगलादेशको बलियो लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ९, २०७८

प्रान्तिक नबिलले शतकीय इनिङ्स खेलेपछि एसीसी यू- १९ एसिया कप क्रिकेटमा बंगलादेशले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जीतका लागि २९८ रनको लक्ष्य दिएको हो ।

बंगलादेशका प्रान्तिक नबिलले अविजित रहँदै १२७ रनको शतकीय इनिङ्स खेलेपछि ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनायो । यस्तै, मोहम्मद फाहिमले ५८ रनको अर्धशतकीय पाली खेल्दा एच. मोल्लहले २२ रनको योगदान बनाए ।

नेपालका गुलशन झा, तिलक राजभण्डारी र मोहम्मद आदिल आलमले १/१ विकेट लिए । 

नेपाली टिम :

देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राजभण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी
मुख्य प्रशिक्षक: वसन्त शाही