केही हाइकु –६२

केही हाइकु –६२

सीताराम नेपाल  |  साहित्य  |  पुष १०, २०७८

ज्ञानका कुरा
लेख्छ मेरो कलम
सत्य पर्गेल्न ।

बिश्वको प्यास
म मेटाउन सक्छु
म हुँ हिमाल ।

मूर्ति बनेर
बाको कुकर्म हेर्ने
लाखापाखामा ।

दुई तिहाइ
अहङ्कारीको हात
तासको घर ।

भुसुना मिली
हात्ती पछार्ने हामी
सधैँ निमुखा ।

सत्ताको खेल
दाउपेच पेचिलो
नजान्ने को छ ?

जून ताराझैँ
तुलना हुँदैहुन्न
हामी र वामा ।

भोको उडुस
सल्बलाको सधैँ
हाम्रो देशमा ।

ठिङ्ग उभ्भिनु
सतीसाल बिर्साइ
अभरपर्दा ।

मकैको ढोड
भजनमण्डलीमा
छैन फरक ?