महाधिवेशन उद्‌घाटन गर्न प्रचण्ड प्रज्ञा भवनमा

महाधिवेशन उद्‌घाटन गर्न प्रचण्ड प्रज्ञा भवनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ११, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पार्टीकाे आठौँ महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् ।

आइतबार दिउँसाे १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपराह्न ३ बजे पुर्‍याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् । 

शनिबार बसेको स्थायी समिति बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेकाे केन्द्रीय समितिले अनुमाेदनपछि समय लम्बिएकाे हाे । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बाेधन गर्नेछन् ।