माओवादी केन्द्रको महाधिवेशन : शेरबहादुर, माधव नेपाल, उपेन्द्र यादवसहितका नेता प्रज्ञा भवनमा

माओवादी केन्द्रको महाधिवेशन : शेरबहादुर, माधव नेपाल, उपेन्द्र यादवसहितका नेता प्रज्ञा भवनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ११, २०७८

नेकपा (माओवादी केन्द्र)को आठौँ अधिवेशन काठमाडौंमा आइतबारदेखि सुरु भएको छ । महाधिवेशनको विशेष अतिथिका रूपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् । 

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशन स्थल प्रज्ञा भवनमा छन् । 

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।