नेप्से ७१.२० अंकले बढ्याे

नेप्से ७१.२० अंकले बढ्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ११, २०७८

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर २ हजार ५९१.४२ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज कोरोबार रकममा पनि बढेको छ । २३१ वटा कम्पनीको ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको थियो । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३२ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज २९ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ, जसअन्तर्गत १५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

यसरी नै आज सबैभन्दा बढी गिरावट आउनेमा गोर्खाज फाइनान्स रहेको छ । आज यस फाइनान्सको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।