'गठबन्धनको सरकार कसैको विरुद्धमा बनाइएको होइन'

'गठबन्धनको सरकार कसैको विरुद्धमा बनाइएको होइन'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ११, २०७८

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको ५ दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन सत्रमा देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन् । मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्र आफूहरू एक भएको देउवाले बताएका थिए ।

उनले प्रचण्डको अगुवाइमा शान्ति प्रक्रिया तथा संविधान निर्माण भएको बताएका थिए । 'मुलुकलाई शान्ति प्रक्रियामा लैजानुपर्छ । संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाइ गर्नुभएको हो', उनले भने ।