माओवादी महाधिवेशन : बन्द सत्र भोलि ११ बजे सुरु हुने

माओवादी महाधिवेशन : बन्द सत्र भोलि ११ बजे सुरु हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ११, २०७८

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत बन्द सत्र भोलि सुरु हुने भएको छ । 

माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटन सत्र सकिएसँगै भोलिदेखि बन्द सत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । 

नेता जनार्दन शर्माका अनुसार भोलि बिहान ११ बजेदेखि बन्द सत्रको कार्यक्रम सुरु हुनेछ । 

देशभरबाट माओवादीका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । एक हजार ६०० भन्दा बढी प्रतिनिधिहरू बन्द सत्रमा सहभागी हुनेछन् । माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।