'एमसीसीबारे देउवाको धारणा गठबन्धनको धारणा होइन'

'एमसीसीबारे देउवाको धारणा गठबन्धनको धारणा होइन'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ११, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो व्यक्तिगत धारणा राखेको बताएका छन् । 

आइतबार नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको र त्यसो भन्नेहरूलाई पढ्न सुझाव दिएका थिए । 

देउवापछि बोलेका प्रचण्डले भने एमसीसीबारे देउवाको व्यक्तिगत विचार भएको तर गठबन्धनको नभएको संकेत गरेर कार्यकर्तालाई सम्झाउन खोजे ।  

देउवाले आज अत्यन्तै राम्रो बोलेको भन्दै तारिफ गरेका प्रचण्डले एमसीसीका विषयमा भने देउवाको निजी विचार भनेका हुन् । 

'एमसीसीबारे त प्रमले आफ्नो धारणा राख्नुभयो । बोल्ने स्वतन्त्रता छ । तर, उहाँले कहाँ राष्ट्रघात छ, देखाउनुहोस्, म पनि राष्ट्रभक्त हो भनेर स्टेटमेन्ट दिइसक्नुभयो । हामी साझा धारणा बनाएर अघि बढ्छौँ', प्रचण्डले भने ।