माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत

माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १२, २०७८

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । 

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् । 

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । 

आइतबारदेखि सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।