माओवादी केन्द्रको महाधिवेशन: बन्द सत्र संचालन गर्न बनाइयो ७ सदस्यीय अध्यक्षमण्डल

माओवादी केन्द्रको महाधिवेशन: बन्द सत्र संचालन गर्न बनाइयो ७ सदस्यीय अध्यक्षमण्डल

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १२, २०७८

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि बन्द सत्र सुरु गर्ने बताइए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले ढिला गरी संचालन भएको हो ।

बन्द सत्र संचालन गर्न ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।