माओवादी महाधिवेशन : बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

माओवादी महाधिवेशन : बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १२, २०७८

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ ।

बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ । 

१. ज्येष्ठ क्युनिस्ट मञ्च : एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

२, ३. सल्लाहकार कमिटी : संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधाआधा विभाजन गरेर २ वटा ।

४, ५.  प्रदेश १ : २ भागमा बाँडेर । संयोजन हर्क नेम्वाङ, ठाउँ भानुभक्त हल ।

६, ७. प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि २ भागमा 

८,९. लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर 

१०,११. गण्डकी प्रदेश : गायत्री गुरुङ, पेरिसडाँडाको माथिल्लो हल

१२.  प्रवास समिति : लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल 

१३,१४. कर्णाली प्रदेश : विमला केसी एन वान पार्टी प्यालेस, बानेश्वर, २ वटा हल । अर्को हलमा 

१५,१६. सुदूरपश्चिम : खगराज भट्ट 

१७,१८. केन्द्रीय विभागहरू : मायाप्रसाद शर्मा, क्वालिटी ब्याङ्केट, बुद्वनगर, २ वटा समूह बनाएर । 

१९. विशेष प्रदेश : जगत् सिंखडा, क्वालिटीमै । 

२०,२१. सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, २ वटा समूह

२२,२३.  बाग्मती प्रदेश : काठमाडौं ब्याङ्केट, सरल सहयात्री

२४. सम्पूर्ण आयोगहरू : काठमाडौं ब्याङ्केटमै, संयोजक विष्णुविकास श्रेष्ठ 

२५. जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याङ्केटमै, अमृता थापा संयोजन ।