नेप्सेमा ६९.७७ अंकको उच्च गिरावट

नेप्सेमा ६९.७७ अंकको उच्च गिरावट

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १२, २०७८

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.७७ अंकले घटेर २ हजार ५२१.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आइतबार भने नेप्से ७१.२० अंकले बढेर २ हजार ५९१.४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो । 

साेमबार कोरोबार रकममा भने वृद्धि भएको छ । आज २३८ वटा कम्पनीको ६७ हजार ७६० कित्ता शेयर खरिद-बिक्री हुँदा कुल ५ अर्ब ६० करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी कारोबार नबिल बैंक रहेको छ । यस कम्पनीको आज ३० करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।   

आज कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएको छन् । आज ०.६ प्रतिशतदेखि ५ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । नेप्सेका अनुसार आज २ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । शेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा गोर्खाज फाइनान्स र मध्यभोटेकोसी जलविद्युत् कम्पनी रहेका छन् । यी कम्पनीको शेयर मूल्य आज सर्किट लेभलमा पुगेको छ । त्यस्तै, आज जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रो कम्पनीको शेयर मूल्यमा धेरै गिरावट आएको छ ।