सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १३, २०७८

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार २००  रुपैयाँ कायम भएकामा आज २०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा काराेबार भएको महसंघले जनाएको छ ।