कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष १३, २०७८

एक खेल अगाडि यू- १९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जीतको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जीत निकाल्ने दाउमा छ ।

कुवेतसमेत प्रतियोगितामा जीतविहीन छ । कुवेत पनि सान्त्वना जीत निकाल्ने दाउमा छ ।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।