माओवादी महाधिवेशन : बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी

माओवादी महाधिवेशन : बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १३, २०७८

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । 

पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो ।

समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको छ । आइतबारदेखि सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्ड र गुरुङले पेस गरेको प्रतिवेदनमाथि मंगलबारदेखि समूहगत छलफल सुरु भएको हो ।

समूहका नेताले बुधबार बिहान ११ बजेसम्ममा समूहको निष्कर्ष दिनुपर्नेछ । बिहीबारसम्म चल्ने भनिएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय कार्यसमिति सदस्य चयन गर्नेछ ।