माओवादी महाधिवेशन : पाँचाैँ दिनको बन्द सत्र जारी, १४ समूहले आफ्नाे निष्कर्ष सुनाउने

माओवादी महाधिवेशन : पाँचाैँ दिनको बन्द सत्र जारी, १४ समूहले आफ्नाे निष्कर्ष सुनाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १५, २०७८

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्द सत्र सुरु भएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो ।

बुधबारदेखि समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ । बुधबार ११ वटा समूहले आआफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले बिहीबार प्रस्तुत गर्नेछन् । 

जारी बन्द सत्रमा बाँकी समूहका नेताले आआफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ । 

प्रतिवेदनमाथि उठेका जिज्ञासा र प्रश्नको बिहीबारै अध्यक्ष प्रचण्डले जबाफ दिने बताइएको छ । 

गत आइतबारदेखि सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।