प्रदेश यूवा परिषद: बागमती प्रदेशको तीनदिने सचेतना कार्यक्रम भक्तपुरमा शुरु

प्रदेश यूवा परिषद: बागमती प्रदेशको तीनदिने सचेतना कार्यक्रम भक्तपुरमा शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १६, २०७८

भक्तपुर । प्रदेश यूवा परिषद, बागमती प्रदेशको आयोजनामा भक्तपुरमा चेलीबेटी बेचविखन, महिला हिंसा र जातिय तथा लैंगिक विभेद विरुद्ध तीन दिने सचेतना कार्यक्रम शुभारम्भ गरिएको छ ।

सचेतनाको कार्यक्रम उद्घाटन जिल्ला विकाश समिति भक्तपुरका संयोजक नवराज गेलालले जिविस हल, भक्तपुरमा गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्नु हुँदै चेलीबेटी तथा मानव बेचविखन जघन्य अपराध भएकोले यस्तो घ्णित कार्य रोक्न सबै निकायले पहल गर्नु पर्ने बताउनु भयो । थाहा नभैकन जताततै महिला हुने गरेकोमा दुखेसो पोख्दै लैगिक तथा जातिय विभेद पनि कानूनमा नै वर्जित गरिएको बताउनु भयो । सचेतना कार्यक्रम साफू, भक्तपुरको सहयोगमा पुष १५ देखि १७ गते सम्म भक्तपुरमा संचालन हुन लागेको हो ।

तीन दिने सचेतना कार्यक्रमका सहजकर्ता लक्ष्मी बखाद्यः हुनु हुन्छ । कार्यक्रमको उद्घाटन सत्र प्रदेश युवा परिषद, बागमती प्रदेशका सदस्य तथा कार्यक्रम संयोजक प्रिती श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रम संयोजक श्रेष्ठले निकट भविष्यमा नै युवा लक्षित गरि साइवर क्राइम सम्बन्धी बृहद सचेतना कार्यक्रम आयोजना गरिने जानकारी पनि सोही कार्यक्रममा दिनु भयो ।