१० वटा कम्पनीको शेयर मूल्य समायोजन

१० वटा कम्पनीको शेयर मूल्य समायोजन

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १६, २०७८

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार १० वटा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । 

कम्पनीहरूले बोनस शेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले शेयर मूल्यमा पनि समायोजन गरेको हो । 

नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलिमे हाइड्रोको शेयर मूल्य समायोजन भएको जनाएको छ । 

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो । 

आइतबारदेखि यी कम्पनीहरूको कारोबार समायोजन भएको मूल्यबाट सुरु हुनेछ ।