प्रचण्डको प्रस्तावविरुद्ध हरिबोल गजुरेलको १९ बुँदे लिखित सुझाव

प्रचण्डको प्रस्तावविरुद्ध हरिबोल गजुरेलको १९ बुँदे लिखित सुझाव

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १६, २०७८

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् । 

महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । दुवै प्रस्तावमाथि २५ वटा समूहमा छलफल भएर समूहका नेताले आआफ्नो सुझाव र निष्कर्ष प्रस्तुत गरिसकेका छन् । सोही क्रममा नेता गजुरेलले आफ्नो व्यक्तितर्फबाट १९ बुँदे लिखित सुझाव पेस गरेका हुन् । 

आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिने कार्यक्रम छ । गत आइतबारदेखि सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।