कालापानीको विषय दस्तावेजमा समेट्ने प्रचण्डको प्रतिबद्धता

कालापानीको विषय दस्तावेजमा समेट्ने प्रचण्डको प्रतिबद्धता

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १६, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो राजनीतिक दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिनिधिहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्साको स्वामित्व केपी ओलीलाई नदिएर माओवादीले लिनुपर्ने र सीमा विवादको विषय दस्तावेजमा समेट्नुपर्ने माग गरेका बेला अध्यक्ष प्रचण्डले दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका हुन् । 

प्रचण्डले भने, ‘लिपुलेक र नक्साका बारेमा जुन ठाउँमा बोल्नुपर्छ, बोल्छु अनि दस्ताबेजमा लेख्छु ।’