संसार र सत्य

संसार र सत्य

उमा कार्की  |  साहित्य  |  पुष १७, २०७८

यो संसार कति सुन्दर छ।
तर
यो संसारमा नश्वर केही पनि छैन।

जो हिजो थियो-त्यो आज छैन।
जो आज छ-त्यो भोलि छैन।
र 
आज छ- त्यो भोलि पनि रहनेछैन।
प्रत्येक व्यक्ति आ-आफ्नो समयमा मृत्यु प्राप्त गर्छ।

यो रुपको नाश गर्छ-बुढ्यौली,
प्राणको नाश गर्छ- मृत्यु,
धर्मको नाश गर्छ-आलस्य,ईर्ष्या,  
अनि
क्रोध-क्रोध सबै सम्बन्धको नाश गर्छ।
तर यस्तो एउटा भाग छ।
जो एक्लै सम्पूर्ण गुणको नाश गर्नमा सक्षम छ।
त्यो हो अभिमान !
यसकारण 
ज्ञानलाई तपाइँ समक्ष आउन दिनुहोस् ।
तर अभिमानलाई कदापि होइन।

किनकी 
यदि अभिमान तपाईं नजिक आयो भने 
जीवनमा तपाइँले जे जति आर्जन गर्नुभएको छ।
चाहे त्यो गुण होस् 
चाहे त्यो साथी होस् 
चाहे त्यो धन होस् 
चाहे त्यो आनन्द होस् ती सबैलाई नाश गराउनमा सक्षम हुन्छ।