माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०७८

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । आठौँ राष्ट्रिय महाधिवेशनको आठौँ दिनमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको नाम पनि आजकै स्थायी समिति बैठकमा प्रचण्डले प्रस्तुत गर्ने भएका छन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिबार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ, जसअनुसार झन्डै  एक हजार ७०० मतदाता नामावली प्रकाशन भइसकेको छ । 

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो २ बजेसम्म बन्द सत्र स्थगित गरिएको छ । स्थायी समितिबाट पास भएका १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमितिमा रहनेको नाम प्रचण्डले बन्द सत्रमा प्रस्तुत गर्ने भएका छन् ।