शाही, पौडेल र गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

शाही, पौडेल र गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०७८

कांग्रेस सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । 

३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सदस्यमा मनोनीत शाही खसआर्य कोटामा कर्णाली प्रदेश सचिवमा पराजित भएका हुन् भने पौडेलले केन्द्रीय महामन्त्री र गुरुङ केन्द्रीय सभापतिमा पराजित भएका हुन् ।  

यसअघि शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । १६७ केन्द्रीय कार्यसमितिअनुसार १३४ निर्वाचित र ३३ जना सदस्य मनोनीत गर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।