अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाटै सुरक्षा जोखिम

अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाटै सुरक्षा जोखिम

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३१, २०७६

काठमाडाैं । नेपाल एयरलाइन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए ।

विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच नहुने बाटो थाहा पाएका उनले लामो समयदेखि त्यसरी नै सुन पास गर्दै आएका थिए । विमानस्थलभित्रै कार्यरत विभिन्न निकायका कर्मचारी तथा पसल सञ्चालकहरुबाट सुरक्षा जोखिम बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।